काँग्रेसको खातामा दश करोड

काँग्रेसको खातामा दश करोड

१४ औँ महाधिवेशन उद्धघाटनको अघिल्लो दिन बसेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महत्वपूर्ण तीन वटा दस्तावेज पारित गरेको छ । पार्टी मुख्यालय सानेपामा बसेको बैठकले महाधिवेशनमा पेश गरिने राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदन पारित गरेको हो ।

बैठकमा उपसभापति विमलेन्द्र निधिले नीति एवं प्रतिष्ठानसम्बन्धी प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कोषाध्यक्षको तर्फबाट प्रस्तुत लेखासम्बन्धी प्रतिवेदन पेस भएको थियो ।

लेखा समितिको प्रतिवेदनमा अहिले कांग्रेसको कोषमा १० करोड रुपैयाँभन्दा माथि मौज्दात रकम रहेको उल्लेख गरिएको छ ।

टिप्पणीहरू