कोरानाबाट आज २ जना बिते, २ सय बढीमा संक्रमण

कोरानाबाट आज २ जना बिते, २ सय बढीमा संक्रमण

पछिल्लो केही दिनयता कोरोना संक्रमित र निधन हुनेको संख्या उस्तै रहँदै आएको छ । पछिल्लो केही सातादेखि निधन हुनेको संख्या एक अंकमा छ भने दैनिक संक्रमितको संख्या तीन सयको हाराहारीमा छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पनि कोरोना संक्रमणबाट दुई जनाको निधन भएको छ । दुई सय ११ संक्रमित थपिएका छन् । नौ हजार चार सय ५१ जनामा परीक्षण गरिँदा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

आज तीन सय २९ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा कोरोना संक्रमण निको हुने दर ९७ दशमलब ८ प्रतिशत रहेको छ । मुलुकभर अझै छ हजार एक सय पाँच जना सक्रिय संक्रमित छन् ।

कोरोनाबाट आजसम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ४९ पुगेको छ । अहिले काठमाडौंमा छ सय २३ जना सक्रिय संक्रमित छन् । भक्तपुरमा चार सय ८१ र ललितपुरमा पाँच सय ७९ जना संक्रमित छन् ।

त्यस्तै, १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १९ जना कोरोना संक्रमित थपिएका छन् । केही जिल्लामा भने संक्रमण शुन्यमा झरेको छ ।

टिप्पणीहरू