अन्तत: ८ लाख क्षतिपूर्ति तिर्न बाध्य भयो भारत

अन्तत: ८ लाख क्षतिपूर्ति तिर्न बाध्य भयो भारत

४१ वर्षसम्म भारतीय जेलमा थन्काइएका इलामका दुर्गाप्रसाद तिम्सिनाले भारतीय पक्षबाट थोरै भए पनि क्षतिपूर्ति पाउने भएका छन् । चार दशकबढी बिना सुनुवाई जेलमा कोचेर राखिएका दुर्गाप्रसादलाई क्षतिपूर्ति दिन कलकत्ताको उच्च अदालतले आदेश दिएको हो ।

न्यायाधीशद्वय प्रकाश श्रीवास्तव र राजश्री भारद्वाजको संयुक्त इजलासले तिम्सिनालाई पाँच लाख भारतीय रुपैयाँ तत्काल क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई हिजो आदेश दिएको हो ।

अदालतको आदेशअनुसार पश्चिम बंगाल सरकारले क्षतिपूर्तिवापतको उक्त रकम डेढ महिनाभित्र तिम्सिनाको खातामा पठाउनुपर्ने छ ।

भारतमा दीपक जोशी नामाकरण गरिएका दुर्गाप्रसाद हत्या अभियोगमा ४१ वर्षअघि पक्राउ परेका थिए । उनलाई गत वर्षसम्म पश्चिम बंगालका विभिन्न जेलमा राखिएको थियो । बिना सुनुवाइ जेलमा राखिएको भन्दै तिम्सिनालाई त्यहाँको उच्च अदालतले गत वर्ष रिहाको आदेश दिएको थियो ।

अदालतको आदेशपछि उनी चैतदेखि इलामको लुम्बाकस्थित घरमा वृद्ध आमा र परिवारसँगै बस्दै आएका थिए । तर, मानसिक रुपमा ठीक नभएपछि उनलाई केही महिनादेखि बिराटनगरको एउटा आश्रमममा राखिएको छ । उनको घर परिवारको आर्थिक अवस्था नाजुक रहेको भन्दै उनलाई जेलबाट छुटाउने अभियानका अभियन्ताहरुले पहल गर्दै आएका छन् । त्यही पहलस्वरुप उनलाई अहिले क्षतिपूर्ति रकम मिलेको बताइन्छ ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2021/12/display_pdf-7.pdf”]

 

टिप्पणीहरू