पाकिस्तानी महिला घरपालुवा जनावरसँग रमाउँदै

पाकिस्तानी महिला घरपालुवा जनावरसँग रमाउँदै

पाकिस्तानमा घरपालुवा जनावरको प्रदर्शनी गरिएको छ । पेशावर शहरमा भएको प्रदर्शनीमा स्थानीयहरु आफ्ना घरपालुवा जनावर लिएर उपस्थित भएका थिए ।

कसको घरपालुवा जनावर राम्रो भन्ने भावमा उनीहरुले प्रदर्शनीमा सहभागिता जनाएको देखिन्थ्यो । विशेषगरी बिरालो, कुकुर लिएर महिलाहरु कार्यक्रममा गएका थिए ।तीमध्ये केहीले मायालु पाराले बिरालो बोकेर फोटो खिचाएका थिए । कसैले आफ्ना कुकुरलाई टेबलमा राखेर सुम्सुमाएको देखिन्थ्यो । केहीले कुकुरलाई आकर्षक देखाउन प्रदर्शनीस्थलमा नै भुत्लामा ब्रश गरिदिएका थिए ।

स्रोत : सिन्ह्वा

टिप्पणीहरू