एमसिसीबिरोधी तारा बराल इमर्जेन्सीबाट आईसीयु

एमसिसीबिरोधी तारा बराल इमर्जेन्सीबाट आईसीयु

सामाजिक अभियन्ता तारा बरालको स्वास्थ्य अवस्था खराब हुँदै गएपछि वीर अस्पतालको इमर्जेन्सीबाट आईसीयुमा सारिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको समर्थन र एमसीसीको बिरुध्दमा नारा,जुलुस र धर्ना गर्दै आएकी बराल मंसिर पहिलो सातादेखि गुमनाम भएकी थिइन् ।

कात्तिक ३० गते भद्रकालीमा आमरण बस्न खोज्दा प्रहरीले पक्रेपछि बराल गुपचुप रुपमा विभिन्न माग राखेर बिजुलीबजारको एउटा घरमा आमरण अनसन बसेकी थिइन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि एक सातापछि वीर अस्पतालको आकस्मिक कक्षमा पुर्याएर उपचार थालिएको थियो ।

आकस्मिक कक्षमा राखेर उपचार गरिँदा स्वास्थ्यमा सुधार नभएपछि उनलाई केही दिनदेखि आईसीयुमा राखेर उपचार गरिएको बताइएको छ । यसबीच मानवअधिकार आयोगले समेत बरालको स्वास्थ्य अवस्था खरावोन्मुख भएको भन्दै अस्ति प्रेस विज्ञप्ति नै प्रकाशित गरेको थियो ।

बरालले सर्वोच्च अदालतको इजलास तत्काल सुचारु गर्न, एमसीसी सम्झौता पूर्णरूपमा खारेज गर्न र महिला अभियन्तामाथि दुर्व्यवहार र दुर्वचन लगाएका नेपाल बारका सदस्यहरुलाई कारबाहीको माग राखेर बिजुलीबजारको एउटा घरमा आमरण अनसन थालेकी थिइन् ।

अमेरिकामा रहेका सुरेन्द्र खत्रीको घरको चौथो तलामा उनी कात्तिक ३० गते बेलुकीदेखि गोप्य रुपमा आमरण अनसन बसेकोमा स्वास्थ्य खराब भएपछि अस्पताल पुर्याइएको प्रहरीको दाबी छ । यसअघि पनि त्यही घरमा बस्दै आएको बराल निकट एक जनाले बताएका छन् ।

टिप्पणीहरू