भारतबाट आउनेलाई अनिवार्य क्वारेन्टिन

भारतबाट आउनेलाई अनिवार्य क्वारेन्टिन

बैतडीमा भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने भएको छ । भारतमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण देखिएपछि भारतबाट फर्केकालाई सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको हो ।

भारतबाट फर्केका नागरिकलाई होम क्वारेन्टिनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न स्थानीय तहलाई पत्राचारसमेत गरिएको छ ।

झुलाघाटमा यसअघि नै हेल्थडेस्क स्थापना गरेर कोरोना परीक्षण कार्य जारी राखिएको छ । सीमामा आवातजावत गर्दा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्न समेत आग्रह गरिएको छ ।

उता भारतीय प्रशासनले पनि सीमा क्षेत्रमा कडाइ गर्दै झुलाघाट नाकाबाट भारत प्रवेश गर्नेहरुले कोरोनाविरुद्धको दुबै डोज लगाएको कार्ड बोक्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ ।

कोरोनाविरुद्धको खोप दुबै डोज लगाएकालाई १५ दिनपछि भारत पस्न दिइने भारतीय प्रशासनले जनाएको छ । यसैबीच आज काठमाडौंमा दुई जनामा नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ ।

टिप्पणीहरू