राप्रपामा कसरी आयो यस्तो मतपरिणाम ? राजावादी को, गणतन्त्रवादी को ?

राप्रपामा कसरी आयो यस्तो मतपरिणाम ? राजावादी को, गणतन्त्रवादी को ?

अन्ततः राप्रपाको नेतृत्वमा झापाली युवा नेता राजेन्द्र लिंगदेनले बाजी मारेका छन् । पूर्वपञ्चहरुको राजनीतिमा पकड राख्दै आएका कमल थापाको अकल्पनीय हार भएको छ । ५७ वर्षीय राजेन्द्रले थापाको साम, दाम र दण्डको अगाडि बाजी मारेको उनका कार्यकर्ता र शुभेच्छुकहरुले बताएका छन् ।

धेरै जना कमल थापाको पैसा,बोली र पावरमा बिकेका कारण लिंगदेनको मत तुलनात्मक रुपमा कम आएको उनीहरुको दाबी छ । महाधिवेशन शुरु भएदेखि नै याक एण्ड यति होटलको कोठाबाट श्रोत परिचालन गरिएको र यसमा दिपक बोहोरा खटिएको उनीहरुको आरोप छ ।

राजेन्द्रले झण्डै एक हजार मतान्तरले जित्नुपर्नेमा दुई सय भोट मात्र बढी ल्याउनुमा पैसाको खेल भएको राजेन्द्र समर्थकहरुको भनाइ छ । त्यसैगरी पार्टी कार्यालयमा महाधिवेशनको दुई दिनअघि रातको समय ह्याकर ल्याएर नामावली सच्चाउँदा पनि कमलले जित्न नसकेको उनीहरु ठोकुवा गर्दछन् । त्यतिबेला थापा बिरोधीहरुले प्रहरी समेत गुहारेका थिए ।

उनीहरु भन्छन्, ‘पैसा नबाँडेको र ह्याक नगरेको भए कमल थापाले १ हजार भोट कटाउँदैनथे । कमल थापाले साम,दाम,दण्ड भेद अपनाए । तर सँधैको लागि हारे ।”

उनीहरु भन्छन्, ‘पैसा नबाँडेको र ह्याक नगरेको भए कमल थापाले १ हजार भोट कटाउँदैनथे । कमल थापाले साम,दाम,दण्ड भेद अपनाए । तर सँधैको लागि हारे ।”

पछिल्लो परिणामअनुसार मुख्यतः राजेन्द्रसँगै महामन्त्रीमा उनकै प्यानलबाट नेपालगन्जका मेयर धवल समशेर राणाले जितेका छन् । पदाधिकारीमा कमल थापाका मान्छे धेरै देखिएका छन् । राजेन्द्रसँगै उनको प्यानलका विक्रम पाण्डे (चितवन) ले पनि जितेका छन् ।

राजेन्द्रको पक्षका अध्यक्ष र महामन्त्रीबाहेक अरु धेरै कमल थापाको मान्छे पदाधिकारीमा जित्नुलाई उनीहरुले प्राविधिक खेल भनेका छन् । विद्युतीय मतदानमाथि राजेन्द्र पक्षधरहरुको अविश्वास देखिएको छ ।

स्रोतले भनेको छ, ‘कमल थापाले राणालाई समानुपातिकतर्फ १ नम्बरमा ल्याउने र छोरी देवयानीलाई उपाध्यक्ष बनाउने आश्वासन दिएका थिए । त्यसैले राणाले राजेन्द्रलाई समर्थन गर्न नसकेका हुन् ।’

कमल थापाका तर्फबाट पदाधिकारीहरुमा ध्रुवबहादुर प्रधान,कुन्ती शाहीहरुले जितेका छन् । सदस्यमा भने राजेन्द्रका मान्छे धेरै जनाले जितेको बताइन्छ ।

पराजित भएपछि कमल थापाले आफूले राजतन्त्र बोकेर हिँड्दाको फल भोगेको दाबीसहित कार्यकर्तामाथि रिस पोखेका छन् । तर लिंगदेन पक्षको भने राजतन्त्र डुबाउनमा थापाहरुकै हात रहेको बताउँदै आएका छन् ।

महाधिवशेनमा सहभागी एक जना प्रतिनिधिले भने, ‘राप्रपाको इतिहासमा अब बूढा पुस्ता खुम्चिएको छ । हुन तः यसअघि नै समाप्त हुने थिए । तर कमल थापाले उनीहरुलाई बोकेकाले ती नेताहरु लामो समयसम्म पार्टीको नेतृत्वमा बस्न पाएका हुन् ।’ आजको मत परिणामपछि पशुपति समशेर राणाको पनि राजनीति सकिएको बताइन्छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग कमल थापाको अप्राकृतिक हिमचिमले पनि उनी हारेको अर्थ लगाइएको छ । थापाले पार्टीभित्रैका बैठक र छलफलमा समेत संविधानको खुलेर समर्थन गर्नु,राष्ट्रपतिको अन्धभक्त हुनु र दाइ नेत्रलाई पटकपटक राष्ट्रपतिको सुरक्षा सल्लाहकार बनाउनु हारको प्रमुख कारण रहेको राप्रपाका धेरै जनाले बताएका छन् ।

स्रोतले भनेको छ, ‘कमल थापाले राणालाई समानुपातिकतर्फ १ नम्बरमा ल्याउने र छोरी देवयानीलाई उपाध्यक्ष बनाउने आश्वासन दिएका थिए । त्यसैले राणाले राजेन्द्रलाई समर्थन गर्न नसकेका हुन् ।’ डा. प्रकाशचन्द्र लोहनीले भने सही समयमा लिंगदेनलाई समर्थन गरेर आफ्नो हाइट बढाएको उनीहरुको दाबी छ ।

मतपरिणामपछि राजेन्द्र समर्थकहरुले थापाको प्राइभेट कम्पनीको हैसियतबाट राप्रपा मुक्त भएको प्रतिक्रिया दिएका छन् । अब नेतृत्व देश दौडाहमा गएर संगठन विस्तारमा लाग्ने बताइएको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग कमल थापाको अप्राकृतिक हिमचिमले पनि उनी हारेको अर्थ लगाइएको छ । थापाले पार्टीभित्रैका बैठक र छलफलमा समेत संविधानको खुलेर समर्थन गर्नु,राष्ट्रपतिको अन्धभक्त हुनु र दाइ नेत्रलाई पटकपटक राष्ट्रपतिको सुरक्षा सल्लाहकार बनाउनु हारको प्रमुख कारण रहेको राप्रपाका धेरै जनाले बताएका छन् । उनीहरुले भने, ‘कार्यकर्ताको भावनामा खेलबाड गरियो ।’

यसअघि राजेन्द्र र ओलीले कमल थापाकै निर्देशनअन्तर्गत झापामा तालमेल गरेर निर्वाचन जितेका थिए । तर राजेन्द्रसँगको सहकार्यमा ओलीले त्यतिबेलाको चुनावमा विभिन्न १२ सिट हात पारेको राप्रपाको बन्दसत्रमा बताइएको थियो ।

अहिले अध्यक्ष हारेपछि थापाले घुमाउरो पाराले पूर्वराजाप्रति असन्तुष्टि जनाएका छन् ।

टिप्पणीहरू