दाता जति सबै लुम्बिनीतिर

दाता जति सबै लुम्बिनीतिर

नेपालका मुख्य दातृ निकायका प्रतिनिधिहरु यतिखेर लुम्बिनीका विभिन्न जिल्लामा पुगेका छन् । विश्व बैंकका नेपालसहित श्रीलंका र माल्दिभ्स हेर्ने कार्यालयका प्रमुख फारिस एच हादाद जेर्भोसको नेतृत्वमा एसियाली विकास बैंक, विश्व खाद्य तथा कृषि संगठन र नेपालस्थित स्वीट्जरल्याण्डका प्रतिनिधिहरु विकास र सहयोगको अवस्था हेर्न त्यहाँ पुगेका हुन् ।

उनीहरुले हिजोदेखि लुम्बिनी प्रदेशको यातायात,स्वास्थ्य र कृषि परियोजनाको अवलोकन थालेका छन् । टोलीले प्रदेश नम्बर २ को पनि स्थलगत भ्रमण गर्ने जनाइएको छ ।

स्थानीय उद्यमी,किसान र विकास साझेदारहरुबीच स्थानीयहरुले प्राप्त गर्ने रोजगारी र व्यवसायका अवसरबारे छलफल गरिएको बताइएको छ । उनीहरुले हिजै कपिलवस्तुमा विश्व बैंकको सहयोगमा सञ्चालित पशुपालन व्यवसायको अवलोकन गरेका छन् । उक्त व्यवसायबाट १ हजार ७ सय घर परिवार लाभान्वित भएको जानकारी दिइएको छ ।

टिप्पणीहरू