९ वर्षका विद्यार्थीलाई शिक्षकले निर्घात कुटे

९ वर्षका विद्यार्थीलाई शिक्षकले निर्घात कुटे

सोधेको कुरा बताउन नसक्दा नौ वर्षे एक बालकले शिक्षकबाट निर्घात कुटाइ खानुपरेको छ । झापाको बिर्तामोड–५, स्थित सुनगाभा इङ्लिस स्कुलका एक शिक्षकले सोही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मरणासन्न हुनेगरी कुटेका हुन् ।

विद्यालयका शिक्षक विकास पोखरेलले कक्षा ३ मा अध्ययनरत ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनालाई तिघ्रामा सुम्ला उठ्ने गरि कुटेका हुन् । पीडित विद्यार्थीले आफूलाई सोधेको कुरा नआउँदा शिक्षकले पिटेको बताए ।

पिटाइबाट बालकको खुट्टाभरि निलडाम बसेको छ । आफ्ना नाबालक छोरालाई ज्यानै लिनेगरी कुट्ने शिक्षकमाथि कानुनी कारवाही हुनुपर्ने अभिभावकले माग गरेका छन् । छोरालाई शिक्षकले कुटेपछिको चोट हेर्न र मन थाम्न नसकेको आमा अञ्जना तिम्सिनाको भनाइ छ ।

छोराको गोडा र गालामा भएको चोट हेर्दै आमा अञ्जना भन्छिन्, ‘यो विद्यालय कि यातनालय ? यस्ता शिक्षकलाई कारवाही होस् ।’

यता, विद्यालय प्रसाशनमाथि भने ती शिक्षकलाई भगाएको आरोप लागेको छ । आफूहरुले कानुनी कारवाहीको माग गरेपछि चलाखी गरेर भगाइएको पीडित पक्षले बताएका छन् ।

टिप्पणीहरू