माओवादीले बोलायो स्थायी समिति बैठक « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

माओवादीले बोलायो स्थायी समिति बैठक

प्रकाशित मिति :  १६ मंसिर २०७८, बिहीबार ११:३०


नेकपा माओवादी केन्द्रले आज दिउँसो १ बजे स्थायी समितिको बैठक बोलाएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बैठक डाकिएको स्थायी समिति सदस्य लिलामणि पोखरेलले जानकारी दिनुभएको हो ।

बैठकमा पार्टीको आगामी राष्ट्रिय सम्मेलनबारे छलफल गर्न लागिएको माओवादी केन्द्रको केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । बैठकमा पार्टी सम्मेलनमा प्रस्तुत गरिने विधान, प्रतिवेदन, सम्मेलनको व्यवस्थापन, प्रतिनिधि छनोट मापदण्डलगायतका विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । माओवादी केन्द्रले अहिले वडादेखि प्रदेशसम्म नयाँ नेतृत्व चयन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !