काँग्रेस अधिवेशन : ५८ मध्ये ३१ जिल्लामा संस्थापन पक्षको पकड

काँग्रेस अधिवेशन : ५८ मध्ये ३१ जिल्लामा संस्थापन पक्षको पकड

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको क्रममा भएका जिल्ला अधिवेशनको परिणाम आउने क्रम जारी छ । हिजोसम्म ५८ जिल्ला सभापतिको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्ला सभापतिमा संस्थापन पक्षले अग्रता हासिल गरेको छ ।

पछिल्लो परिणामअनुसार संस्थापन शेरबहादुर देउवा पक्षबाट बर्दियाको सभापतिमा अरुण प्रकाश सिंह राठौर, भक्तपुरमा दुर्लभ थापा, डोटीमा नरेन्द्रबहादुर सिंह, ओखलढुंगामा तेजेन्द्र खनाल, पर्वतमा युवराज जोशी, रुकुम पश्चिममा प्रेमप्रकाश ओली, बाग्लुङमा जीतबहादुर शेरचन र रुपन्देहीमा रामकृष्ण खाँण सभापति बनेका छन् ।

कञ्चनपुरमा पदम बोगटी, ललितपुरमा जितेन्द्रकुमार श्रेष्ठ, इलाममा डम्बर खड्का, नुवाकोटमा रमेश महत, ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, हुम्लामा मोहनविक्रम सिंह, रामेछापमा पूणर्बहादुर तामाङ (कान्छाराम), मुगुमा ऐनबहादुर शाही र बझाङमा खडक बोहरा, उदयपुरमा हिमाल शर्मा, सल्यानमा केशरबहादुर विष्ट, डोल्पाबाट दीपेन्द्र शाही, डडेल्धुरामा भीमबहादुर साउद, जुम्लामा कर्णबहादुर शाही, जाजरकोटमा बेदराज सिंह, पाँचथरमा रुपनारायण जवेगु र लमजुङमा डा.टकराज गुरुङ संस्थापन पक्षबाट विजयी भएका छन् ।

यसैगरी म्याग्दीमा खमबहादुर गर्बुजा, मनाङमा शंकर गुरुङ, कास्कीमा किशोरदत्त बराल, सुर्खेतमा खड्क पोखरेल, तनहुँमा जितप्रकाश आले र काभ्रेमा तीर्थ लामा पनि संस्थापन समूहबाटै सभापति निर्वाचित भएका हुन् ।

संस्थापन इतरबाट खोटाङमा विष्णुकुमार राई, पश्चिम नवलपरासीमा अर्जुनकुमार पोखरेल, पाल्पामा हिमालदत्त श्रेष्ठ, दैलेखमा मणिराम रेग्मी, संखुवासभामा दीपक खड्का, कालिकोटमा अम्मबहादुर शाही र दोलखामा बर्मा लामा विजयी भएका छन् । कपिलवस्तुमा अब्दुल कलाम, स्याङ्जामा राजु थापा, काठमाडौंमा सबुजकृष्ण बानिया, दार्चुलामा ललितसिंह बोहोरा, दाङमा शंकर डाँगी र रोल्पामा किशोर आचार्यले पनि संस्थापन इतरबाट जितेका हुन् ।
सोही समूहबाट मुस्ताङमा रोमी गौचन, रुकुम पूर्वमा केशरमान रोका, गोरखामा नन्दप्रसाद न्यौपाने र बाजुरामा रामसिंह रावल जिल्ला सभापति बनेका छन् । अर्घाखाँचीमा केशव श्रेष्ठ, प्यूठानमा विष्णुकुमार गिरी, बैतडीमा चतुरबहादुर चन्द, भोजपुरमा विनोद बान्तवा र तेह्रथुममा अर्जुनबहादुर तुम्बाहाङ्फे उक्त समूहबाट निर्वाचित भएका हुन् ।

सुनसरीमा केदार भण्डारी, धादिङमा रामनाथ अधिकारी, गुल्मीमा खिलध्वज पन्थी र दैलेखमा मणिराम रेग्मी पनि संस्थापन इतरबाटै सभापतिमा विजयी भएका छन् । झापामा भने सिटौलापक्षका देउकुमार थेवे निर्वाचित भएका छन् ।

टिप्पणीहरू