मतगणना नसकिँदै शपथग्रहणको तयारी « Jana Aastha News Online
Logo
४ माघ २०७८, मंगलवार
|  Tue Jan 18 2022

मतगणना नसकिँदै शपथग्रहणको तयारी

प्रकाशित मिति :  १४ मंसिर २०७८, मंगलवार १४:२५


एमालेको चितवनमा जारी दशौं महाधिवेशनमा निर्वाचित हुने केन्द्रीय पदाधिकारी र सदस्यहरुको शपथग्रहणको तयारी गरिएको छ । अहिले सौराहामा मतगणना हुँदै गर्दा महाधिवेशनको बन्दसत्रस्थलमा उक्त तयारी गरिएको हो ।

मतगणना जारी रहेकाले अपरान्ह ४ बजेभित्र अन्तिम परिणाम आउने अनुमान गर्दै शपथग्रहणको तयारी गरिएको हो । अन्तिम परिणामलगत्तै शपथग्रहण गराउने स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !