एमाले बन्दसत्र फेरी पछाडि धकेलियो

एमाले बन्दसत्र फेरी पछाडि धकेलियो

चितवनमा जारी नेकपा एमालेको महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र राति पौने ८ बजेसम्म पनि शुरु हुन सकेको छैन । बिहान १० बजेदेखि शुरु हुने भनिएको बन्दसत्र सर्वसम्मत नेतृत्व चयन गर्ने अध्यक्ष केपी शर्मा ओलीको दिनभरीको प्रयास सफल नहुँदा साँझ सात बजेका लागि सारिएको थियो ।

तर, सारिएको समयमा पनि बन्दसत्र शुरु हुन सकेको छैन । हिजोको बन्दसत्रबाट पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गर्ने अधिकार आफूमा निहीत गर्नुभएका अध्यक्ष ओली आफ्नै टीमका सदस्यहरुसँग व्यस्त भएपछि बन्दसत्र कम्तिमा एक घण्टा पछि सरेको बताइएको छ ।

वरिष्ठ उपाध्यक्षमा ओलीपक्षकै दुई नेताले आफ्नो दाबी कायम राखेपछि अहिले सो पद नै खारेज गर्नेबारे पनि छलफल भइहेको बताइएको छ ।

सर्वसम्मत अध्यक्ष बन्ने प्रयासमा रहनुभएका ओलीलाई उपाध्यक्ष भीम रावलको उम्मेद्वारी र आफ्नै कोर टीमका सदस्यहरु एउटै पदमा आकांक्षी बनेपछि अप्ठेरोमा पर्नुभएको छ । जसका कारण बन्दसत्र प्रभावित भएको हो ।

टिप्पणीहरू