एमालेका लागि होइन, जनताका लागि बहुमत : ओली

एमालेका लागि होइन, जनताका लागि बहुमत : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले बहुमत ल्याए मात्र मुलुकको विकास र समृद्धिले गति लिने दाबी गर्नुभएको छ ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले देश बनाउन आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनु पर्ने बताउनुभएको हो । ‘हामी चुनावको तयारीतर्फ जाने छौं । एकल बहुमत ल्याउने छौं ।’

एकल बहुमत एमालेका लागि नभई देशका लागि ल्याउने पनि उहाँको दाबी छ । ‘एकल बहुमत एमालेका लागि होइन, देशका लागि, लोकतन्त्रका लागि, संविधानको रक्षा र कार्यान्वयनका लागि संविधानको गलत व्याख्यालाई जनमतद्वारा सच्याउनका लागि’, ओलीले भन्नुभयो ।

छोटो समयमा मुलुकलाई सम्पन्नशाली बनाउन एमालेले बहुमत ल्याउनुपर्ने उहाँको दाबी छ ।

टिप्पणीहरू