अब काठमाडौं उपत्यकामै मुक्तिनाथ (फोटो फिचर)

अब काठमाडौं उपत्यकामै मुक्तिनाथ (फोटो फिचर)

काठमाडौं नजिकैका धेरैवटा धार्मिक गन्तव्यस्थलमध्ये अहिले गोदावरी नगरपालिकास्थित ढुंगेसाँघु वडा नम्बर १ मा रहेको मुक्तिनाथधामप्रति अहिले सबैको ध्यानाकर्षण भएको छ । धार्मिक हिसाबले उक्त स्थान अहिले उपत्यका नजिकैको प्रमुख गन्तव्यस्थल बनेको छ ।

अरु दिन बिहान बेलुका स्थानीय भक्तजनको भीड लागे पनि बिदाको दिन टाढाका हजारौं दर्शनार्थीहरुको घुईंचो लाग्न थालेको छ । जानकारहरुका अनुसार गोदावरीबाट भक्तपुर जाने पैदल बाटोको रुपमा रहेको ढुंगेसाँघुको छेवैमा एकजना स्थानीयले झण्डै ८० वर्ष अगाडि गणेशको मूर्ति स्थापना गरेका थिए । त्यहि स्थानमा अहिले मुक्तिनाथधाम मन्दिरको स्थापना गरिएको छ ।

मन्दिर परिसरमा विगतमा पशुपतिनाथ, राम सीता र सप्तऋषीको मन्दिर स्थापना गरिएको थियो । यो वर्ष १ सय ८ धारासहितको मुक्तिनाथ मन्दिर निर्माण सकिएको छ ।

मुक्तिनाथ मन्दिरबाट ल्याइएको जल हेलिकोप्टरबाट छरेर औपचारिक रुपमा गत असोज २५ गतेदेखि मन्दिर उद्घाटन गरिएको हो । १ सय ८ धारामा चार प्रमुख नारायण मन्दिरको कुण्डबाट ल्याइएको जल हालिएको बताइन्छ ।

टिप्पणीहरू