खेलकुद विश्वविद्यालय स्थापनाको निश्कर्ष

खेलकुद विश्वविद्यालय स्थापनाको निश्कर्ष

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले नेपालमा खेलकुद विश्वविद्यालय स्थापनाको आवश्यकतामाथि जोड दिएको छ । काठमाडौंमा दुई दिने खेल नीति सम्मेलन गर्दै महासंघले तत्काल खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्ने निश्कर्ष निकालेको हो ।

सम्मेलनमा महासंघका अध्यक्ष रमेश पौडेलले खेलको माध्यमबाट नेपाली खेलाडीहरुलाई गर्व गर्न सक्ने स्थिति सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए । पेट खालि राखेर खेलाडीहरुले खेल्न नसक्ने भन्दै उनले खेल क्षत्रको व्यवसायीकरण र खेल पर्यटनको विकास गर्न सके मात्रै खेलकुदले प्रगति गर्ने बताएका थिए ।

अध्यक्ष पौडेलले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्ने कुरा सम्मेलनमा छलफल भएको बताउँदै नेपालको खेलकुदको स्तरवृद्धिमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेकोतर्फ औंल्याएका छन् ।

टिप्पणीहरू