बरण्डामा हाकिमका बथान

बरण्डामा हाकिमका बथान

मुलुकको प्रमुख प्रशासकीय केन्द्रभित्रै झण्डै दुई दर्जन सहसचिव, चार दर्जन हाराहारी संख्यामा उपसचिवलाई तीन महिनादेखि बरण्डामा थन्क्याइएको छ ।
सहसचिवलाई मन्त्रालयको बरण्डामा थन्क्याएर, सहसचिवकै दरबन्दी भएको जिल्लामा उपसचिवलाई प्रशासनको कमाण्डर बनाएर खटाइएको छ ।

गृहमा मात्र सात जना सहसचिव बरण्डामा थन्क्याइएको छ । सहसचिवहरू सुनिता नेपाल, रमेश ढकाल, थानेश्वर गौतमलगायत बरण्डामा थन्क्याइएको छ । जिम्मेवारविहीन अवस्थामा रहेका अर्काे सहसचिव ढुण्डी निरौला अमेरिका शयरमा छन् । सहसचिवलाई बरण्डामा राखेर उपसचिवलाई प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ । जसमध्ये बारामा कृष्णबहादुर कटवाल, बाँकेमा सूर्यबहादुर खत्री, सिन्धुपाल्चोकमा वेदनिधि खनाल, स्याङ्जामा राजुप्रसाद पौडेल, नुवाकोटमा जीवनप्रसाद दुलाललगायत छन् ।

गृहमा झण्डै दर्जनकै संख्यामा उपसचिव जगेडामा थन्क्याइएको छ । दसैँअगावै सरुवा गरेर गृहमा तानिएका उनीहरूलाई अझै जिम्मेवारी दिइएको छैन । दर्जनभन्दा बढी उपसचिव बरण्डामा सीमित छन् । उनीहरूको दैनिकी बनेको छ मन्त्रालय जाने हाजिर गर्ने फर्कने । पुण्य ढकाल, चेतराज बराल, शेखर पौडेललगायत दर्जन उपसचिव बरण्डामा थन्क्याइएको छ ।

गृहमा मात्र होइन, यस्तो भद्रगोल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र, सामान्य प्रशासन र शिक्षा मन्त्रालयतिर समेत देखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको जेठान गजेन्द्र हमाल ४८ घण्टे उद्योगमन्त्री बनेर मन्त्री पदबाट राजीनामा दिएसँगै उद्योग मन्त्रालय मन्त्रीविहीन अवस्थामा छ । विभागीय मन्त्री हुँदा उद्योग मन्त्रालयले चार जना सहसचिवको पोष्टिङ गर्नसमेत सकस परिरहेको छ । गत असोज ३१ गते सरुवा भई उद्योग मन्त्रालय मातहत आएका चार सहसचिवको पोष्टिङ हुन नसक्दा उनीहरू बरण्डामा सीमित भएका छन् ।

बाग्मती प्रदेशबाट मन्त्रालयमा तानिएकी सह–सचिवहरू राधिका अर्यालसहित बाबुराम गौतम, गोविन्द कार्की रामआधार साह कामविहीन भए । सोही समयमा वाणिज्य विभाग र लघु तथा घरेलु प्रवद्र्धन केन्द्र पनि प्रमुखविहीन अवस्थामा रहेका छन् । वाणिज्य विभागमा रहेका महानिर्देशक प्रकाश अधिकारी राजश्व अनुसन्धान विभागमा पुगेसँगै वाणिज्य विभाग नेतृत्वविहीन अवस्थामा छ । उता, परराष्ट्र मन्त्रालयका ५ सहसचिव जिम्मेवारविहीन अवस्थामा छन् ।

परराष्ट्र मन्त्रालयमा १० महाशाखा र दुई विभाग रहेकामा ती सबैमा सहसचिव पूर्ण भएर पनि पाँच सहसचिव कामविहीन अवस्थामा प्रशासनमा थन्क्याएर राखिएको अवस्था छ । हालै सचिवमा बढुवा भएका ६ सहसचिवलाई सामान्यले अतिरिक्त समूहमा राखेको छ । माधवप्रसाद पोखरेल, तीर्थराज चिलुवाल, रामचन्द्र तिवारी, भोला दाहाल र आदिवासी जनजातितर्फ रेखा दास र दलिततर्फ मेखबहादुर मंग्राती सहसचिवमा बढुवा भएका थिए । उनीहरू ६ जनालाई अतिरिक्त समूहमा पदस्थापन भएका सहसचिवहरूलाई केही दिनमा विभिन्न निकायमा पठाइनेछ ।

उता, शिक्षा मन्त्रालयमा झण्डै चार दर्जन कर्मचारी जिम्मेवारविहीन अवस्थामा छन् । मन्त्रालयमा कार्यरत झण्डै २२ जना उपसचिव र उति नै संख्यामा अधिकृतहरूको पोष्टिङ हुन सकेको छैन । गत १ असोजपछि डीएलपीआईयू खारेजीमा परेसँगै मन्त्रालयमा तानिएका ती उपसचिव र अधिकृतहरू मन्त्रालयको चौर र बरण्डामा बसेर दिन कटाइरहेका छन् । त्यस्तो स्थितिमा पु¥याइएको उपसचिवहरूमा द्वारिका पोखरेल, अर्जुन रायमाझी, निर्मल घिमिरे, देवकुमार बराल, गोविन्दराज सेढाईं, युक्त शर्मालगायत छन् । त्यस्तै, अधिकृतहरूमा राजेश्वर पराजुली, रामेश्वर लामिछाने, तारानाथ निरौलालगायत छन् ।

टिप्पणीहरू