वीरगञ्जमा राजश्व संकलन न्यून, लक्ष्य असफल

वीरगञ्जमा राजश्व संकलन न्यून, लक्ष्य असफल

वीरगञ्ज भन्सार कार्यालय लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएको छ । कार्यालयले लक्ष्यबमोजिम कात्तिक महिनाको राजश्व संकलन गर्न नसकेको हो । उसले गत महिना मासिक लक्ष्यको ९७ दशमलव २ प्रतिशत मात्र राजश्व संकलन गरेको छ ।

कार्यालयले कात्तिक महिनामा १७ अर्ब ५४ करोड ९७ लाख ५९ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेको थियो । तर, १७ अर्ब ५ करोड २१ लाख ८० हजार रुपैयाँ मात्र संकलन गर्न सफल भएको छ ।

कात्तिक महिनामा उक्त नाकाबाट डिजेल, पेट्रोल, जीप, कार, भ्यान, मोटरसाइकल बढी आयात भएको छ । यस्तै भटमासको प्रशोधित तेल, फलफूलको जुस, बत्तिसा, त्रिफला, च्यवनप्रास, पिना, सेन्थेटिक यार्न, स्पोर्टस जुत्ता, दन्तमञ्जन आदि भारत तथा तेस्रो मुलुकतर्फ निकासी भएका छन् ।

कात्तिक महिनामा अत्यधिक पर्व परेकाले लक्ष्यअनुसार राजस्व संकलन नभएको भन्सार स्रोतको दाबी छ । वीरगञ्ज भन्सारलाई सबैभन्दा धेरै राजश्व संकलन गर्ने कार्यालयको रुपमा समेत चिनिन्छ ।

टिप्पणीहरू