रक्सीको माया कति ?

सामाजिक सञ्जाल टिकटकमा एउटा रोचक भिडियो सार्वजनिक भएको छ । अमेरिकाको एउटा विमानस्थलभित्र देखिएको उक्त रोचक दृश्यले अहिले टिकटक, फेसबुक, युटुबलगायतका सामाजिक सञ्जालहरुमा तहल्का मच्चाएको छ । सार्वजनिक भिडियोमा विमानस्थलभित्रै केही महिलाहरुले भोड्का सेवन गरेको देखिन्छ ।

बताइएअनुसार विमानस्थलभित्र मदिराका बोतल बोक्न रोक लगाएपछि एक महिला यात्रुले अन्य यात्रुलाई आफूले बोकेको भोड्का पिलाएकी हुन् ।

अमेरिकाको फ्लोरिडा राज्यको मियामी जाँदै गरेकी महिलाले विमानस्थलमा एक सय मिलिलिटरभन्दा धेरै मदिरा बोक्न नपाइने नियम बिर्सिएपछि विमानस्थलका सुरक्षाकर्मीले मदिराको बोतल बोक्न रोक लगाएका थिए । त्यसपछि उक्त रक्सी फाल्न महिलाको मन नमानेका कारण विमानस्थलभित्रै सबैलाई पिलाएको बताइएकी छन् ।

सुरक्षाकर्मीले मदिराको बोतल बोक्न नदिएपछि महिलाले आफूसँग रहेका दुई बोतल भोड्का ब्राण्डको मदिरा खेर नफाल्ने जुक्ति लगाइन् । त्यसपछि उनले इच्छुक यात्रुहरुलाई त्यहि मदिरा बाँडेको भिडियोमा प्रष्टसँग देख्न सकिन्छ ।

उक्त घटनाको भिडियो टिकटकमा दुई करोडभन्दा बढिले हेरिसकेका छन् ।

टिप्पणीहरू