एमाले महाधिवेशन : सर्वमान्यको सम्झौता कि पद प्राप्तिको संघर्ष ?

एमाले महाधिवेशन : सर्वमान्यको सम्झौता कि पद प्राप्तिको संघर्ष ?

संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले यतिबेला महाधिवेशनको चटारोमा छ । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनको व्यवस्थापकीय तयारीका कामहरु धमाधम भइरहेका छन् । नारायणीको बगरमा हुने उद्घाटन र पर्यटकीय क्षेत्र सौराहामा गरिने बन्दसत्रको व्यवस्थापन मिलाउन नेताहरुलाई भ्याइनभ्याइ छ ।

उपमहासचिव विष्णु पौडेल,सचिव योगेश भट्टराई,स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे,शंकर पोखरेल, केपी ओलीको किचेन क्याबिनेटका सदस्य विष्णु रिमाल, नेता राजन भट्टराईलगायतका नेताहरु केही दिनदेखि चितवनमै छन् । महाधिवेशनको प्राविधिक तयारी शुरु भएसँगै केन्द्रीय सदस्य र पदाधिकारीका आकांक्षीहरु आन्तरिक छलफल र समीकरणका जोडघटाउमा लागिसकेका छन् ।

मुलुककै सबैभन्दा ठूलो दल र पार्टी विभाजनको आलो घाउ बोकेर महाधिवेशनमा होमिएकाले एमालेपंक्ति मात्र होइन, सर्वसाधारणले समेत महाधिवेशनप्रति चासो राखेका छन् । अध्यक्षसहित १५ केन्द्रीय पदाधिकारीमा छनौट हुने सम्भावित पात्रबारे आमरुपमा पनि चर्चा र चासो हुन थालेको छ ।

‘ओलीले सर्वसम्मत भएँ भनेर पार्टी र राष्ट्रिय राजनीतिमा सन्देश दिन खोजेका छन् । अब सर्वसम्मत हुने हो भने हामीलाई पनि एडजस्टमेण्ट गर्नुपर्यो भन्ने हो उहाँको । ओलीले मतलब नगरे उम्मेदवारी दिनुहोला’,रावल निकट एक नेताले भने ।

महाधिवेशनलाई एकताको महाधिवेशन भन्दै अध्यक्ष केपी शर्मा ओलीको प्रयास सहमतिमै नेतृत्व चयन गराउनेमा केन्द्रित छ । ओलीले सार्वजनिक रुपमै सर्वसम्मत नेतृत्व चयन हुने बताइ सक्नुभएको छ । त्यसको पूर्वाभ्यास तल्लो तहका अधिवेशन र प्रतिनिधि चयनमा देखिइसकेको छ ।

९० प्रतिशत बढी प्रतिनिधि सर्वसम्मतिमै चयन भएको एमाले नेताहरुले दाबी गरेका छन् । तर, तल्लो तहको अधिवेशन र प्रतिनिधि चयनमाजस्तै केन्द्रीय नेतृत्व पनि सहमति जुट्ने सम्भावना भने न्यून रहेको नेताहरुको भनाइ छ । ‘अध्यक्षमा ओली पुनः दोहोरिने कन्फर्म नै छ, तर सबै पदमा सहमति हुने सम्भावना कम छ’, एक नेताले भने ।

‘अध्यक्षमा ओली पुनः दोहोरिने कन्फर्म नै छ, तर सबै पदमा सहमति हुने सम्भावना कम छ’, एक नेताले भने ।

महाधिवेशनले अध्यक्ष र महासचिव एक–एक,वरिष्ठसहित पाँच उपाध्यक्ष,दुई उपमहासचिव र सात सचिवसहित १५ पदाधिकारी निर्वाचित गर्दैछ । १५ केन्द्रीय पदाधिकारीका लागि झण्डै तेब्बर संख्यामा आकांक्षीहरु देखिएका छन् । यद्यपि अहिलेसम्म कसैले पनि खुलेर आफ्नो आकांक्षा प्रकट भने गरेका छैनन् ।

तर,एक वरिष्ठ उपाध्यक्षमै ४ जना नेताको दाबी रहेको बताइन्छ । पूर्वमाओवादीका रामबहादुर थापा बादल,१० भाइ समूहका भीम रावल, हालका महासचिव ईश्वर पोखरेल र सुवास नेम्वाङ वरिष्ठ उपाध्यक्षको दाबेदारका रुपमा देखिएका छन् । अध्यक्षपछिको दोस्रो वरियता र भोलि कार्यवाहकसमेत दिनुपर्ने महत्वपूर्ण पद भएकाले ओलीले भने पोखरेललाई वरिष्ठ उपाध्यक्षमा अघि सार्ने सम्भावना रहेको चर्चा छ । त्यस्तो अवस्थामा बादल र नेम्वाङले उपाध्यक्षमै चित्त बुझाउनुपर्ने हुन सक्छ ।

“अध्यक्षपछिको दोस्रो वरियता र भोलि कार्यवाहकसमेत दिनुपर्ने महत्वपूर्ण पद भएकाले ओलीले भने पोखरेल या माओवादीलाई देखाउन बादललाई वरिष्ठ उपाध्यक्षमा अघि सार्ने सम्भावना रहेको चर्चा छ ।”

सहमतिमै नेतृत्व छान्ने ओलीको प्रयासमा १० भाइ समूहका रावल र उपमहासचिव घनश्याम भुसालबाहेक अरुले चुनौती दिने सम्भावना हालसम्म देखिएको छैन । हुन तः अध्यक्ष ओलीलाई पूर्वमाओवादी र आफ्नै समूहका आकांक्षीहरुको व्यवस्थापन गर्न पनि सहज छैन । तर,उनीहरु ओलीका लागि चुनौती नै बनेर अगाडि आउने सम्भावना न्यून छ । त्यसैले रावल र भुसाललाई ओलीले कसरी एड्जष्ट गर्छन्, त्यहि आधारमा सर्वसम्मत हुने नहुने कुराको निधो हुने देखिन्छ ।

यता,अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि रावलले अहिलेसम्म निर्वाचनमा होमिने प्रष्ट संकेत दिइसकेका छैनन् । ‘१० भाइ’ समूह तितरबितर भएकाले रावलले खुलेर आफ्नो उम्मेदवारीबारे बोल्न नसकेको धेरैको बुझाइ छ । आफ्नै समूहबाट सहयोग नहुने अवस्था बनेपछि रावल उपाध्यक्षमै चित्त बुझाएर बस्न तयार भएको समेत भन्न थालिएको छ । अध्यक्षमा उठ्ने रावलको घोषणालाई बालकोटले पनि पाए वरिष्ठ उपाध्यक्ष नभए अन्तिममा अन्य उपाध्यक्षका लागि बार्गेनिङ्ग गरेको रूपमा बुझेको छ ।

“रावल र भुसाललाई ओलीले कसरी एड्जष्ट गर्छन्, त्यहि आधारमा सर्वसम्मत हुने नहुने कुराको निधो हुने देखिन्छ ।”

निकटस्थहरुका अनुसार रावलले एकैसाथ दुईवटा रणनीति बनाएका छन् । वरिष्ठ उपाध्यक्षका लागि ओलीसँग सम्झौता गर्ने पहिलो रणनीति छ । त्यसका लागि उनले अध्यक्षमा उम्मेदवारी दिने भनेर ओलीमाथि दबाब बढाएका छन् । वरिष्ठ उपाध्यक्ष नपाए एक्लै भए पनि ओलीसँग भिड्ने रावलको अर्को रणनीति छ । त्यतिबेला १० भाइले साथ नदिए पनि उनी पछि नहट्ने निकटहरुको दाबी छ ।

तर, ओलीले रावललाई वरिष्ठ उपाध्यक्ष दिनेमा उनीहरु पनि विश्वस्त छैनन् । त्यहि बुझेर रावलले अध्यक्षको उम्मेदवारी घोषणा गरेको उनीहरु अनुमान गर्छन् । ‘ओलीले सर्वसम्मत भएँ भनेर पार्टी र राष्ट्रिय राजनीतिमा सन्देश दिन खोजेका छन् । अब सर्वसम्मत हुने हो भने हामीलाई पनि एडजस्टमेण्ट गर्नुपर्यो भन्ने हो उहाँको । ओलीले मतलब नगरे उम्मेदवारी दिनुहोला’,रावल निकट एक नेताले भने ।

“अध्यक्षमा उठ्ने रावलको घोषणालाई बालकोटले पनि पाए वरिष्ठ उपाध्यक्ष नभए अन्तिममा अन्य उपाध्यक्षका लागि बार्गेनिङ्ग गरेको रूपमा बुझेको छ । “

त्यसो त,उम्मेदवारी दिएर ओलीलाई संख्यात्मक चुनौती दिन सक्ने कोही अहिले एमालेमा छैन । माधव नेपाल समूहमा हुँदा सुदूरपश्चिममा एकछत्र रहेका रावलको शक्ति निकै कमजोर भएको छ । उनी निकट अधिकांश नेता–कार्यकर्ता एकीकृत समाजवादीतिर गएका छन् । त्यसकारण ओलीलाई चुनौती दिने वस्तुगत आधार रावलसँग छैन । ती नेता भन्छन्, ‘किन त्यसरी घोषणा गर्नुभयो थाहा छैन । तर, ग्राउण्ड रियालिटी उहाँ अनुकूल छैन ।’ तथापि आफ्नो फरक मत देखाउन र पहिचान स्थापित गर्न रावलले उम्मेदवारीको अडान छोड्न नहुने उनको तर्क छ ।

एमालेको नवौँ महाधिवेशनमा ओलीविरुध्दको प्यानलबाट उठेका रावलले केन्द्रीय सदस्यमा सबैभन्दा धेरै भोट ल्याएका थिए । अहिले अवस्था ठीक उल्टो अर्थात् सबैभन्दा कम भोट आउने लाजमर्दो अवस्था छ । देशभरका प्रतिनिधिको चित्र हेर्दा पनि नतिजा लज्जास्पद हुने देखिन्छ । ९० प्रतिशत बढी प्रतिनिधि ओलीलाई ‘आइ लभ यु केपी बा’ भन्नेहरु छन् ।

माधव नेपाल समूहमा हुँदा सुदूरपश्चिममा एकछत्र रहेका रावलको शक्ति निकै कमजोर भएको छ । उनी निकट अधिकांश नेता–कार्यकर्ता एकीकृत समाजवादीतिर गएका छन् ।

हुन त,प्रतिनिधि चयन प्रक्रियाप्रति १० भाइ समूहबाट रावल र भुसालले मात्रै प्रष्ट रुपमा असन्तुष्टि राखेका छन् । रावलले त दबाब,डर र धाकमा प्रतिनिधि चयन गरिएको भन्दै अस्वीकार गर्ने चेतावनी पनि दिएका छन् । सुदूरपश्चिमका कतिपय क्षेत्रमा रावल निकट नेताहरुले अलगै भेलासमेत राखेका थिए ।

ओली पक्षभित्रै देखिएको असन्तुष्टि ढाकछोप गर्न आफ्ना कार्यकर्तालाई पाखा लगाइएको रावल निकटहरुको आरोप छ । आफ्नै समूहभित्र ओली पक्षले शक्तिको दुरूपयोग गरेकाले त्यहाँ पनि चर्को असन्तुष्टि रहेको उनीहरुको बुझाइ छ । ‘ओली समूहमा पनि सबै’ बा भनेर दौडिनेहरु मात्र छैनन्, केही मानिसहरु आलोचनात्मक चेत राख्नेहरु पनि छन् ।उनीहरुलाई पनि पाखा पारिएको छ’, रावल निकट स्रोत भन्छ, ‘त्यसैले ती असन्तुष्टहरुलाई पनि समेटेर भविष्यमा पार्टीमा पकड बनाउने गरी अहिले उम्मेदवारी दिएर तयारी थाल्नुपर्छ ।’

प्रतिनिधि चयनमा एकलौटी गरे पनि वडा र स्थानीय तहमा भने आफूहरुको सम्मानजनक उपस्थिति रहेको १० भाइ समूहका अर्का एक नेताले बताए । महाधिवशेनमा उम्मेदवारी दर्ता नहुञ्जेल आफ्ना पक्षका साथीहरुको नाम र संख्या सार्वजनिक नगर्ने रणनीति पनि उनले सुनाए ।

टिप्पणीहरू