सरकारले भन्यो : चुनाव आगामी माघभित्रै

सरकारले भन्यो : चुनाव आगामी माघभित्रै

सरकारले आगामी माघ १२ गतेका लागि राष्ट्रियसभा निर्वाचनको मिति तोकेको छ । क्याबिनेट बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १२ गते निर्वाचन हुने जानकारी दिनुभएको हो ।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका २० सदस्यको पद रिक्त हुँदैछ । जसमध्ये १९ पदका लागि चुनाव हुन लागेको हो । एक जना भने क्याबिनेटको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने छन् ।

संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि सकिनु ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने हुन्छ ।

टिप्पणीहरू