मौसम बिग्रियो, यातायात सञ्चालनमा ध्यान पुर्याइयोस् : मौसम पूर्वानुमान महाशाखा

मौसम बिग्रियो, यातायात सञ्चालनमा ध्यान पुर्याइयोस् : मौसम पूर्वानुमान महाशाखा

मुलुकभर पछिल्लो २४ घण्टामा बढेको चिसो र बिग्रेको मौसमका कारण सडक तथा हवाइ यातायात क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।

महाशाखाले देशका अधिकांश भू–भागमा चिसो बढ्ने क्रममा रहेको र तुवाँलोका कारणले भिजिबिलिटीमा कमी आउन सक्ने भएकाले सडक तथा हवाइ यातायात क्षेत्रमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

अस्ति साँझदेखि देशभर मौसममा आएको गडबडीका कारण चिसो पनि बढेको छ । अरब सागरमा विकसित निम्नचापीय क्षेत्रको प्रभावले नेपालको मौसमी प्रणालीमा परेको असर भोलिसम्म उस्तै रहन सक्ने बताइएको छ ।

आइतबार पहाडी भेगका केही स्थानमा हल्का पानी पर्ने र हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात हुने जनाउँदै महाशाखाले आइतबार साँझबाट मात्रै मौसममा सुधार आउनसक्ने भविश्यवाणी गरेको छ ।

टिप्पणीहरू