अमेरिका जाने विद्यार्थीको संख्या किन घट्यो ?

अमेरिका जाने विद्यार्थीको संख्या किन घट्यो ?

अमेरिका नेपाली विद्यार्थीको प्रमुख गन्तव्यस्थल बन्न थालेको छ । वर्षेनि हजारौं नेपाली विद्यार्थीले अमेरिकालाई आफ्नो उच्चशिक्षा हासिल गर्ने प्रमुख गन्तव्य बनाउँदै आएका छन् ।

अमेरिकी राजदूतावासका अनुसार यो वर्ष सन् २०२१ को पछिल्लो १० महिनामा ११ हजार १ सय ७२ नेपाली विद्यार्थी अध्ययनका लागि अमेरिका पुगेका छन् ।

अघिल्लो दुई वर्षको तथ्याङ्कलाई हेर्दा विश्वका दुई सयभन्दा बढी मुलुकबाट ९ लाख १४ हजार ९५ जना विदेशी विद्यार्थीलाई अमेरिकाले स्वागत गरेको पाइएको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थी सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्ने ओपन डुअर्सको प्रतिवेदन अनुसार सन् २०१९/२० को तुलनामा २०२०/२१ मा अमेरिकालाई अध्ययन गन्तब्य बनाउने विद्यार्थीको संख्या भने १५ प्रतिशतले घटेको छ ।

त्यस्तै, सन् २०२० मा १० लाख ७५ हजार ४ सय ९६ जना विदेशी विद्यार्थी पढ्नकै लागि अमेरिका गएका थिए । यो वर्ष त्यो दर घटेर ९ लाख १४ हजार ९५ जनामा सीमित भएको छ ।

अध्ययनको निम्ति धेरै विद्यार्थी अमेरिका जाने देशहरुमा चीन र भारत रहेका छन् । ती देशबाट जाने विद्यार्थीको संख्या समेत पछिल्लो समयमा घटेको हो । विश्वबाट अमेरिकामा विद्यार्थी पठाउने देशमा नेपाल १२ औं स्थानमा रहेको बताइएको छ ।

टिप्पणीहरू