अमेरिकी सहायक विदेशमन्त्री हस्पिटल जाँदै

अमेरिकी सहायक विदेशमन्त्री हस्पिटल जाँदै

हिजो साँझ काठमाडौं आइपुग्नुभएका अमेरिकी सहायक विदेशमन्त्री डाेनाल्ड लु केही बेरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज जाँदै हुनुहुन्छ । बत्तिसपुतलीस्थित होटल द्वारिकामा बस्नुभएका मन्त्री अहिले साढे ९ बजे अमेरिकी दूतावास नजिकै रहेको शिक्षण अस्पताल जान लाग्नुभएको हो ।

अमेरिकी मन्त्रीसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा पनि त्यहाँ जान लाग्नुभएको स्रोतले बताएको छ । उहाँहरु बालबालिकालाई कोरोना भाइरसविरुद्धको अमेरिकी फाइजर खोप लगाउन थालिएको अवस्थाको अवलोकन गर्न त्यहाँ जान लाग्नुभएको हो ।

अमेरिकी मन्त्रीले खोपबारे थप घोषणा गर्न सक्ने आँकलन सरकारी अधिकारीहरुले गरेका छन् ।

टिप्पणीहरू