हिमालपारि पनि मुद्दा मर्न थाले

सम्भवतः नेपालको मुस्ताङ जिल्ला मात्र होला जस्तोसुकै अपराध भए पनि प्रशासन र अदालतमा मुद्दा दर्ता नहुने । पुलिस छ, अदालत छ, तैपनि कुनै बेला यी सरकारी निकाय निकम्माजस्तै थिए । ज्यानमारा केस होस् वा जबर्जस्ती करणीका मुद्दा मुिखयाको तजबिजमा ठाउँको ठाउँ मिलाइन्थ्यो । अपराध छिपाउने काम हुन्थ्यो । देवयानी होस् कि फौजदारी मुद्दा अदालत पुग्दैनथे । 

यति मात्रै कहाँ हो र कांग्रेस नेता रोमी गौचनकी बैनी प्रभा शेरचनले कोही उजुरवाजुर गर्न हिँड्यो वा गाउँका कुनै चेलीबेटी विशेषगरी दलित समुदायकाले बाहिरका मानिससँग विवाहबारी गरे । सिस्नोपानी लगाएर सजाय दिने गर्थिन् । पछि आफ्नो छोरो सुवर्णले अनेक भाउँतो गर्न थालेपछि चुप लागिन् । कोवाङ, लेते, टुकुचे र मार्फामा कोही–कसैले मुद्दा दर्ता गर्न खोज्यो कि उसको घरवास उठ्यो भन्ने जाने हुन्थ्यो । उजुरीका लागि प्रशासन कार्यालय जोमसोम जाने चेष्टा गर्नेलाई प्रत्येक पाइलाको ५ सयका दरले जरिवाना तोकिएको थियो । यस्तो हुँदाहँुदै पनि थासाङ–३ लेतेकी एक मगर महिलाले दुई वर्षीया छोरीमाथि भएको बलात्कार आरोपमा जेठ २८ गते स्थानीय ६५ वर्षीय लालप्रसाद शेरचनविरुद्ध मुद्दा दर्ता गराएकी छन् । 

केही वर्षपहिले यिनै शेरचनका सहोदर छोराछोरीबीच अनैतिक सम्बन्धबाट गर्भ रहन गएपछि स्थानीयले गाउँनिकाला गरेका थिए । उनीहरू अहिले म्याग्दीमा बस्दै आएका छन् । बालिकालाई तत्काल जिल्ला अस्पताल जोमसोममा मेडिकल चेकजाँच गराउँदा करणी गर्न खोेजेको प्रमाणित भयो । घटना थाहा पाएपछि थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचन, वडाध्यक्ष रोमी गौचनका ज्वाइँ चन्द्रप्रसाद शेरचनलगायतले गाउँको घटना गाउँमै मिलाउनुपर्छ, बूढाले गल्ती गरिहालेछन् यस्तो कुरा अड्डा अदालत पु¥याउनु हुँदैन भनेर पीडित बालिकाको परिवारलाई दबाब दिन लागे । जनप्रतिनिधि भइसकेको अवस्थामा पनि मुस्ताङमा मुखियाहरूको हैकम साम्य भएको छैन । मुखिया चिढिए । ६५ वर्षीय लालप्रसाद शेरचन पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

घाम तापेर दिन कटाउने जिल्ला अदालत मुस्ताङमा पछिल्लो समय छिटफुट मुद्दा पर्न थालेका छन् । यसको मतलव यो होइन कि मुस्ताङमा अपराध नै हुँदैन । मुखिया र गाउँ समाजकै कारण मुद्दाले अदालतमा प्रवेश नै पाउँदैनथे तर अहिले २३ थान मुद्दा परेका छन् । जसमा २ थान अंश मुद्दा, १ सम्बन्धविच्छेद, कुटपिट र लुटपाट १, गौवध १, बलात्कार, ज्यानलगायत छन् । १५ थान मुद्दा फस्र्याेट भएको र ८ थान मुद्दा चालु अवस्थामा रहेको जिल्ला न्यायाधीश बलराम त्रिपाठीले जानकारी दिए ।
– अञ्जनकुमार

टिप्पणीहरू