मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त

मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री राईले राख्नुभएको विश्वासको मत प्रस्तावको पक्षमा बहुमत पुगेको हो । प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ । मतदानमा ७९ जना सांसद उपस्थित थिए ।

मुख्यमन्त्री राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले विश्वासको मत प्राप्त भएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा संसदीय दलका नेतासमेत रहनुभएका राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्री राईलाई एकीकृत समाजवादी, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ५० जना सांसदले मतदान गरेका हुन् । प्रमुख विपक्षी दल नेकपा एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गरेको छ ।

यसअघि मुख्यमन्त्री राईले प्रदेशसभामा विश्वासको मत माग्दै प्रतिपक्षमा रहेका दलहरुसँग पनि मिलेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

टिप्पणीहरू