खोइ एमसीसी एजेण्डा ?

खोइ एमसीसी एजेण्डा ?

आज काठमाडौं आउन लाग्नुभएका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री डोनाल्ड लुको भ्रमणलाई लिएर विभिन्न चर्चा भएका छन् । कतिपयले एमसीसी सम्झौता कार्यान्वयननको निम्ति नेपालका प्रमुख राजनीतिक दलका उच्च नेतृत्वलाई दबाब दिन लुको भ्रमण हुन लागेको रुपमा अथ्र्याइएको छ ।

तर आफ्नो दुई दिने भ्रमणमा उहाँले एमसीसीबारे कुराकानी गर्ने औपचारिक एजेण्डाको बारेमा काठमाडौंस्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको जानकारीमा केही पनि उल्लेख छैन । दूतावासले भनेको छ, ‘सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदास्थलहरूको अवलोकन गर्नुहुनेछ ।’

अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्न लागेको अवसरमा उपसहायक विदेशमन्त्रीको भ्रमण भएकोमा दूतावासले जोड दिएको छ । दूतावासले भनेको छ, ‘कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीहरुबारे उहाँले छलफल गर्नुहुनेछ ।’

सहायक मन्त्री लुले नागरिक समाजका अगुवाहरुसँग समेत भेटघाट गर्ने जानकारी दिएको दूतावासले एमसीसी सम्झौताबारे केही पनि उल्लेख गरेको छैन ।

टिप्पणीहरू