आज पनि सर्वोच्चको अघिल्तिर दुबै पक्षको कार्यक्रम

आज पनि सर्वोच्चको अघिल्तिर दुबै पक्षको कार्यक्रम

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको पक्ष र विपक्षमा आज पनि सर्वोच्च अदालतको मुख्य गेट बाहिर नाराबाजी र धर्ना हुने भएको छ । देशका युवा अभियान र सामाजिक अभियन्ता मनिस मानव तारा बराललगायतले प्रधानन्यायाधीशको पक्षमा र एमसीसी सम्झौताको बिरोधमा कार्यक्रम गर्दै आएका छन् । उनीहरुले उक्त कार्यक्रम आज पनि बिहान ९ बजे सर्वोच्चको गेट बाहिर गर्ने बताएका छन् ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलित नेपाल बार एसोसिएसनले साढे ९ बजे मूल गेटमा धर्ना दिएर राणालाई सर्वोच्च प्रवेश गर्न नदिने बताएको छ । अघिल्लो सातादेखि हुँदै आएको उक्त कार्यक्रममा बरालपक्षधरहरुले अवरोध पुर्याउँदै आएका छन् ।

प्रहरीले पटक पटक अभियन्ताहरुलाई नियन्त्रणमा लिएर छाड्ने गरेको छ । उता प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने भने पनि अदालतको अर्को गेटबाट भित्र लैजाने गरिएको छ । तर, हातमा कालोपट्टी बाँधेका कानुन व्यवसायीहरु भने अर्कै गेटमा बस्दै आएका छन् । उनीहरुले अन्य न्यायाधीशलाई समेत इजलासमा नबस्न आग्रह गर्दै आएका छन् ।

यसैबीच स्वतन्त्र नागरिकहरूले नेपाल बार एसोसियसन र सर्वोच्च अदालतमा भएको बेञ्च बहिष्कार तथा बेथितिविरुद्ध प्रदर्शन गर्ने भएका छन् । उनीहरुले बिहान ११ बजे माइतीघर मण्डलामा कार्यक्रम गर्ने जानकारी दिएका हुन् ।

टिप्पणीहरू