नबिल बैंकले सरकारको लक्ष्यलाई पछ्यायो

नबिल बैंकले सरकारको लक्ष्यलाई पछ्यायो

नबिल बैंकले सल्यानको दार्मामा दीगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले दार्मा गाउँपालिकासँग उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको छ ।

उक्त कार्यक्रमअन्तर्गत गाउँपालिकाको सिफारिसमा उद्यम गर्न चाहने स्थानीय उद्यमीलाई बैंकले कर्जा उपलब्ध गराउने छ । बैंकले पनि त्यस्ता कार्यक्रम र तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण अभियान सञ्चालन गर्ने उद्देश्य राखेको बताइएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट नबिल दीगो बैंकिङ्का प्रबन्धक लीलाप्रसाद ओझा र गाउँपालिकाका तर्फबाट अध्यक्ष निमबहादुर केसीले हस्ताक्षर गरेका छन् ।

बैंकले गत असार १५ गते धान दिवसका दिन नबिल दीगो बैंकिङको शुरुआत गरेको हो ।

उसले नेपाल सरकारको दीगो विकासको लक्ष्यलाई सघाउन उक्त कार्यक्रम लागू गरेको बताएको छ । कार्यक्रमअन्तर्गत नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा दिइने गरिएको छ ।

यो कार्यक्रम वित्तीय पहुँच न्यून रहेका ग्रामीण क्षेत्रका सर्वसाधारणलाई कृषि क्षेत्रको व्यावसायीकरण र उद्यमशीलता विकासको निम्ति १७ वटा दुर्गम शाखामा लागू भएको जानकारी दिइएको छ ।

टिप्पणीहरू