नयाँ आविष्कारलाई किन प्रवद्र्धन नगर्ने ?

नयाँ आविष्कारलाई किन प्रवद्र्धन नगर्ने ?

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अर्घाखाँचीका सागर पोखरेलले बनाएको विद्युतीय मोटरसाइकलको प्रवद्र्धनका लागि सहयोग गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पुनले पोखरेलले बनाएको मोटरसाइकललाई आवश्यक परे आफू र राष्ट्रिय आविष्कार केन्द्रले सहयोग गर्ने बच्न दिएका हुन् ।ठूलो संख्यामा सागरजस्ता युवाहरु देशमा रहेको र उनीहरुलाई उत्प्रेरित गर्नुपर्ने बताउँदै उनले सागरले बनाएको मोटरसाइकलको प्रशंसासमेत गरेका छन् ।पुनले सागरको कामलाई समर्थन गर्नुपर्ने र उनलाई आवश्यक पर्ने स्रोत व्यवस्थापनमा सबैले साथ दिनुपर्नेमा जोड दिएका छन् ।क्षमतावान युवाहरुलाई हौसला र मद्दत दिएर हुर्काउने दायित्व समाज र राष्ट्रको हुने भन्दै उनले सृजनशील र प्रतिभाशाली युवाहरुलाई उद्यमी बनाउनु पर्नेमा जोड दिएका छन् ।

युवाहरूलाई आधारभूत विषयमा बढी अध्ययन गर्न सुझाउँदै पुनले राष्ट्रिय आविष्कार केन्द्रले पनि मद्दत गर्न तयार रहेको बताएका छन् ।

टिप्पणीहरू