गैंडा फेरि मिसिए गुरुबा–आमाकै ग्रुपमा

गैंडा फेरि मिसिए गुरुबा–आमाकै ग्रुपमा

चार वर्षअघि गुरु बा र आमासँग तोडिएको सम्बन्ध फेरि जोडेका छन् निर्मल शर्माले । झण्डै दुई दशकदेखि जोडिएको हो निर्मल शर्मा ‘गैंडा’ र दीपकराज गिरी, दीपाश्री निरौलाबीचको सम्बन्ध ।

कुनै समयको लोकप्रिय टेलिचलचित्र ‘तीतो सत्य’बाट दीपक र दीपाले नै ‘गैंडा’ उपनाम दिएका हुन् । उनै निर्मलले दीपक र दीपालाई गैंडा ‘गुरु बा र आमा’ मान्दै आएका छन् ।

टेलिशृंखला हुँदै जोडिएको सम्बन्ध ठूलो पर्दाका ‘६ एकान ६, वडा नम्बर ६ र छक्का पञ्जा’सम्म जारी रह्यो । छक्कापञ्जा एकको निर्माता र अभिनेतासमेत रहेका उनी दोस्रो र तेस्रो सिक्वेलमा सहभागी भएनन् बरु ०७४ सालपछि दीपकराज र दीपासँग देखिन छाडे ।

फिल्ममा मात्र होइन, गाईजात्रा महोत्सव, अन्य फिल्मी उत्सवमा समेत सँगै देखिएका थिएनन् । चार वर्षको अन्तरालपछि उनी आफ्ना ‘गुरु बा र आमा’सँग सहकार्यमा फर्किएका छन् ।

छक्का पञ्जा ४ मा निर्माताको रूपमा निर्मल देखिँदैछन् । फिल्ममा आफ्नो आवश्यकता देखेपछि फर्किएको निर्मलको कथन छ ।

टिप्पणीहरू