लाइसेन्स खल्तिमा, बिजुली खोलामा

लाइसेन्स खल्तिमा, बिजुली खोलामा

प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जा उत्पादकहरुले खल्तिमा लाइसेन्स लिएर काम चाँही नगरेको भन्दै परिणाममुखी बन्न आग्रह गर्नुभएको छ । मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) को १९ र २० औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले उक्त कुरा बताउनुभएको हो ।

त्यस अवसरमा उहाँले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि वातावरण बनाउने गरि सरकारले काम गरिरहेको पनि बताउनुभएको छ । विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरुलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताउँदै उहाँले विद्युतीय सामग्रीहरुको प्रयोग बढाई मुलुकलाई नमूना बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले निजी क्षेत्रको मागबमोजिम विद्युत व्यापारको अनुमति दिन सरकार तयार रहेको बताउनुभएको छ । निजी क्षेत्रलाई विद्युत व्यापार गर्नसक्ने विश्वासिलो आधारसहित आउन उहाँले आग्रह गर्नुभयो ।

नेपालमा उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेका कारण उत्पादित विद्युत खेर गइरहेको बताउँदै उहाँले निजी क्षेत्र, लगानी गर्ने बैंक र राज्यले नै क्षति बेहोर्नुपरेको यथार्थ पनि उल्लेख गर्नुभयो ।

टिप्पणीहरू