गोकर्णेश्वरमा सँधै जुवाडेको खाल

गोकर्णेश्वरमा सँधै जुवाडेको खाल

काठमाडौंको गोकर्णेश्वरमा जुवा खेल्नेको बिगबिगी बढेको छ । सोही क्रममा काठमाडौंबाट जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।

गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी बेसीगाँउस्थित मिनाकुमारी श्रेष्ठको टहराबाट हिजो दिउँसो प्रहरीले तास खेलिरहेको अवस्थामा उनीहरुलाई समातेको हो ।

पक्राउ पर्नेहरुमा सोही टहरामा डेरा गरी बस्ने सोलुखुम्बु घर भएका २६ टासी शेर्पालगायत पाँच जनालाई रहेका छन् । उनीहरुलाई टहरामा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी गराएको छ ।

प्रहरीले उनीहरुको साथबाट ४७ हजार ७ सय ८५ रुपैयाँ र तीन बुक तास बरामद गरेको छ ।

टिप्पणीहरू