सर्वोच्चमा आज पनि इजलास तोकियो, २ सय ९८ मुद्दा पेसीमा

सर्वोच्चमा आज पनि इजलास तोकियो, २ सय ९८ मुद्दा पेसीमा

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले र आज पनि बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । आज सर्वोच्चमा १० वटा इजलासमा पेशी तोकिएको छ । जमसमध्ये संयुक्त इजलास आठ वटा र दुई वटा एकल इजलास छन् ।

त्यसमध्ये प्रधानन्यायाधीश राणाले आफू रहेको एउटा पूर्ण एकल इजलास तोक्नुभएको छ । तीन सातादेखि अन्य न्यायाधीशले भने इजलास बहिष्कार गर्दै आएका छन् ।

बारको आह्वानमा कानुन व्यवसायीहरुले आन्दोलन गर्दै आएका छन् । तर तिहारअघिको सातादेखि अन्य न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणसँग सम्बन्धित मुद्दा मात्र सुनुवाई गर्दै आएका छन् ।

नागरिक समाजको एउटा पक्ष र केही कानुन व्यवसायीले भने बारको आन्दोलन र न्यायाधीशहरुको इजलास बहिष्कारले सर्वसाधारणलाई न्यायबाट विमुख गराइएको आरोप लगाएका छन् ।

टिप्पणीहरू