धादिङबाट चितवन जान को को छानिए ?

धादिङबाट चितवन जान को को छानिए ?

नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनका लागि हिजो धादिङबाट प्रतिनिधि छानिएका छन् । जसअनुसार निर्वाचन क्षेत्र नम्बर १ बाट भूमि त्रिपाठी, बेनिघाट रोराङ गाउँपालिका, देवप्रसाद त्रिपाठी, बेनीघाट रोराङ गाउँपालिका, नरेश खतिवडा, गल्छी गाउँपालिका, दिपक खतिवडा, गजुरी गाउँपालिका, लक्ष्मण खतिवडा, सिद्धलेक गाउँपालिका, रामकुमार आचार्य, थाक्रे गाउँपालिका, देवराज लुईंटेल, धुनिवेशी नगरपालिका रहेका छन् ।

त्यस्तै महिलातर्फबाट उर्मिला रेग्मी, थाक्रे गाउँपालिका, कमला शर्मा, सिद्धलेक गाउँपालिका र राधा तिमल्सिना, गल्छी गाउँपालिका पनि महाधिवेशन प्रतिनिधि छानिएका छन् । सोही निर्वाचन क्षेत्रको उत्पीडित तर्फबाट रामचन्द्र मिजार गजुरी गाउँपालिकालाई समेत प्रतिनिधि बनाइएको छ ।

धादिङ निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि छानिएकामा अर्जुनकुमार श्रेष्ठ, नीलकण्ठ नगरपालिका, रामप्रसाद अधिकारी, ज्वालामुखी गाउँपालिका, धनबहादुर घले, गंगा जमुना गाउँपालिका, पदमकुमार श्रेष्ठ, त्रिपुरा सुन्दरी गाउँपालिका, मंग तामाङ, खनियाबास गाउँपालिका, प्रेम तामाङ, रुविभ्याली गाउँपालिका र सुवर्ण रिमाल नेत्रावती डबजोङ गाउँपालिका हुन् ।

महिलातर्फ जानुका सिंखडा, ज्वालामुखी गाउँपालिका, राधिका सापकोटा, नीलकण्ठ नगरपालिका र शान्ता पाण्डे, त्रिपुरा सुन्दरी गाउँपालिका एवम् उत्पीडिततर्फ बेगबहादुर सुनार नीलकण्ठ नगरपालिकालाई महाधिवेशन प्रतिनिधि छानिएको बताइएको छ ।

टिप्पणीहरू