विपिको प्रतिवेदन प्रधानमन्त्री देउवाको हातमा

विपिको प्रतिवेदन प्रधानमन्त्री देउवाको हातमा

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भएको अनियमितताबारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको संयोजकत्वमा बनेको समितिले अध्ययन प्रतिवेदन आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो ।

प्रतिष्ठानका स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा भएको अनियमितता सम्बन्धमा गरिएको छानबिन प्रतिवेदन समितिले आज बिहान प्रधानमन्त्रीलाई बुझाएको छ । छानबिन समितिमा मन्त्री खतिवडा, प्रतिष्ठानका सहकुलपति, धरान उपमहानगरपालिकाका मेयर तिलक राई रहनुभएको छ ।

प्रतिवेदन मन्त्री खतिवडा र सहकुलपतिस्तरीय छानबिन समितिले प्रधानमन्त्री निवास बालुवाटारमा कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बुझाएको हो ।

प्रतिष्ठानमा भएका अनियमितताबारे सर्वत्र बिरोध भएपछि सरकारले छानबिन समितिको गठन गरेको हो ।

टिप्पणीहरू