जान्ने पल्टँदाको जोखिम

व्यापारी–व्यवसायीसँग साँठगाँठ गर्ने एकजना कर अधिकृत अन्ततः मन्त्रालयमा तानिएका छन् । उस्तै परे केही दिनमै अख्तियारको हिरासतमा जानुपर्ने परिबन्द आइलाग्दै छ ।

सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकारअन्तर्गत रहने गरी सरुवा गरेपछि पावर भिडाउँदै ‘राम्रो ठाउँ’ को रुपमा बित्त आयोग ताकिरहेका मोहनप्रसाद ढकाल हुन्, यस्तो चेपुवामा परेका । १ नं. कर कार्यालय, बबरमहलबाट ठूला करदाता सेवा कार्यालयमा गएका उनले प्रक्रिया नपु¥याई अडिट गर्ने, आफैँ कर निर्धारण गर्ने, कर छूट र मिनाहाको फैसला पनि आफैँ ठोक्नेजस्ता ‘बदमासी’ गरेपछि यस्तो झमेला आइलागेको हो । काण्ड परेपछि अर्थ मन्त्रालय तानिएका छन् ।

डेढ महिनाअघि लोकसेवाबाट सहसचिव उत्तीर्ण भई मन्त्रालयको अनुगमन महाशाखामा कार्यरत झक्कप्रसाद आचार्यको नेतृत्वमा उनीमाथि छानबिन प्रारम्भ गरिएको छ । झक्कप्रसाद शाखा अधिकृतबाट एकैचोटि सहसचिवमा छलाङ्ग मार्ने कीर्तिमानी कर्मचारी हुन् । उता, कैलाली छोटी भन्सारको भ्याट बिल देखाएर मूल भन्सार नेपालगञ्जबाट दूग्धजन्य पदार्थ छिराउन खोज्नेहरुको गाडी समातिएको छ । ड्राइभर राजस्व अनुसन्धानको नियन्त्रणमा छन् ।

टिप्पणीहरू