योगेशको जिल्लामा माधव मजबुत बन्दै

योगेशको जिल्लामा माधव मजबुत बन्दै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ताप्लेजुङको सदरमुकाम फुङलिङमा नगर कमिटी गठन गरेको छ । जिल्ला अध्यक्ष छिरिङ लामाको संयोजकत्वमा हिजो आयोजित भेलाबाट फुङलिङ नगरपालिकामा त्रिलोचन गुरागाईं अध्यक्ष रहेको कमिटी गठन भएको हो ।

उपाध्यक्षमा गंगा नाल्बो र गणेश दाहाललाई चयन गरिएको छ । सचिव सुनिता मादेन र उपसचिव मिङ्मा छिरिङ शेर्पा रहेको फुङलिङ नगर कमिटी ५१ सदस्यीय छ । भेलाले अनिता बर्देवा अध्यक्ष र रनमती केदेम सचिव रहेको २५ सदस्यीय अनेमसंघ फुङलिङ नगर समिति पनि गठन गरेको नेकपा (एस) का जिल्ला कमिटी सचिव मोहन न्यौपानेले बताउनुभएको छ ।एकीकृत समाजवादी फुङलिङ नगर कमिटी घोषणा कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य खेम बनेम र विशेष अतिथि केन्द्रीय सदस्य अम्बिका राजभण्डारी हुनुहुन्थ्यो । फुङलिङ नगर कमिटी घोषणा कार्यक्रममा सफलताको शुभकामना दिँदै जिल्ला कमिटी सदस्य निता सिवा,प्रदेश सदस्य शम्भु गौतम र केन्द्रीय सदस्य अम्बिका राजभण्डारीले बोल्नुभएको थियो ।

उहाँहरुले नेकपा समाजवादी गठन गर्नुपर्ने कारण र आगामी मार्गका बारेमा धारणा राख्नुभएको यियो । प्रमुख अतिथि बनेमले आफूहरुले नेकपा एमाले छोड्नुपर्नाको कारण बताउँदै एकीकृत समाजवादी आगामी दिनमा स्पष्ट नीति तथा कार्यक्रम भएको र वैचारिक रुपमा असल कम्युनिष्टहरुको पार्टी भएर जनताको प्रिय बन्ने दाबी गर्नुभएको छ ।

टिप्पणीहरू