‘केपी ओलीका कारण एमाले छाडेका हौं’

‘केपी ओलीका कारण एमाले छाडेका हौं’

नेकपा एमालेको डडेलधुरा जिल्ला कमिटीका अधिकांशले नेकपा एकीकृत समाजवादी रोजेका छन् । ५१ सदस्यीय कमिटीका ३८ जना हिजो एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । एमाले छाडेर एकीकृत समाजवादी रोज्नेमा पार्टी अध्यक्ष डा.तारा जोशी,सचिव धनबहादुर साउदलगायत हुनुहुन्छ ।

एमाले छाडेर एकीकृत समाजवादी रोजेका सबै जनाले पार्टी अध्यक्ष केपी ओली शर्माले पार्टी कब्जा गर्ने नीति अप्नाएको र कम्युनिष्ट सिद्धान्तको बर्खिलापमा काम गरेको आरोप लगाएका छन् । अध्यक्ष जोशीका अनुसार ओलीले पार्टीभन्दा पनि गुट चलाउन खोजेपछि आफूहरु अलग हुनु परेको हो ।

हिजो डडेलधुरामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा आयोजित कार्यक्रममा उहाँहरुले एमाले परित्याग गर्नुभएको हो । जसमा अध्यक्ष जोशी,सचिव साउदलगायत उपाध्यक्ष,उपसचिव गरी ३८ जना हुनुहुन्छ ।हिजोको कार्यक्रममा बताइएअनुसार जिल्लामा रहेको एमालेको १६ वटा जनवर्गीय संगठनमध्ये १४ वटा एकीकृत समाजवादीमा समाहित भएका छन् । त्यसैगरी प्रेस चौतारी, अखिल नेपाल महिला संघ,युवा संघलगायत १४ वटा भातृ संगठनका प्रमुखसहित बहुमत सदस्यले एमाले छाडेका छन् ।

तत्कालीन एमालेका २ हजार ९ सयमध्ये २ हजार २ सय जना सदस्य खुलेर एकीकृत समाजवादीमा लागेको समेत हिजो आयोजित कार्यक्रममा जानकारी गराइएको छ ।

टिप्पणीहरू