खाजा खानुअघि प्रधानन्यायाधीशबाट दुईवटा आदेश

खाजा खानुअघि प्रधानन्यायाधीशबाट दुईवटा आदेश

सर्वोच्च अदालतमा अन्य न्यायाधीशहरुले इजलास बहिष्कार गरे पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले खाजाको समयअघि दुई वटा मुद्दामा आदेश सुनाउनुभएको छ । राणाको एकल इजलासबाट उक्त फैसला भएको हो ।

आज प्रधानन्यायाधीश राणाको एकल इजलासमा रहेका दुई वटा मुद्दामध्ये पहिलोलाई तामेलीमा पठाइएको छ । दोस्रो मुद्दामा उहाँले कारण देखाउ आदेश दिनुभएको हो ।

अन्य न्यायाधीशहरुको संयुक्त इजलास यतिखेरसम्म बसेको छैन । बन्दीप्रत्यक्षीकरण मुद्दा सम्बन्धी न्यायाधीशहरु तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलास भने बसेको छ ।

टिप्पणीहरू