बागमती प्रदेश सरकारले पायो बिश्वासको मत

बागमती प्रदेश सरकारले पायो बिश्वासको मत

बाग्मतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ । प्रदेशसभामा उहाँले पेश गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५९ सांसदले समर्थन जनाएका हुन् । विश्वासको मतका लागि ५५ सांसदको समर्थन भए पुग्थ्यो ।

बाग्मती प्रदेशसभामा १०९ जना सांसद छन् । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा १०४ सांसद उपस्थित थिए । जसमा ५९ जना पक्षमा र ४३ जना विपक्षमा उभिएका हुन् । दुई सांसद भने तटस्थ बसे । राप्रपाका दुई र एमालेका दुई सांसद भने बैठकमा अनुपस्थित थिए ।

मुख्यमन्त्री पाण्डेलाई नेकपा माओवादी केन्द्रका २३,नेपाली कांग्रेसका २२,नेकपा एकीकृत समाजवादीका १३,जनता समाजवादी पार्टीका १ जना सांसदले विश्वासको मत दिएका हुन् ।

टिप्पणीहरू