राजीनामा नदिने अडानसहित आन्दोलन या बेन्च रोज्न श्रीमानहरुलाई आग्रह

राजीनामा नदिने अडानसहित आन्दोलन या बेन्च रोज्न श्रीमानहरुलाई आग्रह

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले इजलास बहिष्कारमा रहेका सहकर्मी न्यायाधीशहरुलाई काममा फर्किने कि राजीनामा दिएर आन्दोलनमा जाने एउटा विकल्प रोज्न सुझाउनु भएको छ ।

भोलिदेखि अदालत नियमित काममा फर्किने भन्दै उहाँले दुईमध्ये एक विकल्प रोजेर भोलि बिहान इजलास शुरु हुनुअगावै टुंगोमा पुग्न सुझावसहितको सन्देश पठाउनुभएको हो । आज बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न इजलासमा बसेका न्यायाधीशसहित वार्ता टोलीका सदस्यहरुमार्फत प्रधान न्यायाधीश राणाले यस्तो सन्देश पठाउनुभएको बताइएको छ ।

‘अब अदालत यसरी चल्दैन । जनताको आक्रोश आउन थालिसक्यो । त्यसैले भोलिदेखि नियमित इजलास बसेर मुद्दा हेर्नुपर्ने हुन्छ । न्यायाधीशहरुलाई आफ्नो काममा फर्किने कि राजीनामा गरेर सडक आन्दोलनमा जाने भोलि बिहानसम्ममा एउटा विकल्प रोज्न भन्नुभएको छ’

राणाले आफूले राजीनामा नदिने अडान दोहोर्याउँदै इजलासमा फर्किने कि आन्दोलनमा जाने तत्काल निर्णय लिन न्यायाधीशहरुलाई आग्रह गर्नुभएको छलफलमा सहभागी एक न्यायाधीशले बताएका छन् । ‘अब अदालत यसरी चल्दैन । जनताको आक्रोश आउन थालिसक्यो । त्यसैले भोलिदेखि नियमित इजलास बसेर मुद्दा हेर्नुपर्ने हुन्छ । न्यायाधीशहरुलाई आफ्नो काममा फर्किने कि राजीनामा गरेर सडक आन्दोलनमा जाने भोलि बिहानसम्ममा एउटा विकल्प रोज्न भन्नुभएको छ’,ती न्यायाधीशले भने ।

प्रधानन्यायाधीशसँगको कुराकानीबाट निस्किएका न्यायाधीशहरु अहिले अरु न्यायाधीशहरुसँग छलफलमा जुटेका छन् । ८ जना न्यायाधीश आजको इजलासमा सहभागी भएपछि बाँकी न्यायाधीशहरुलाई पनि काममा फर्किन दबाब बढेको बताइएको छ । यद्यपि न्यायाधीशहरु आफ्नो अडानबाट पछि हट्ने सम्भावना निकै कम रहेको एक न्यायाधीशले बताएका छन् । अहिले जारी छलफलपछि एउटा निर्णयमा पुग्ने उनले विश्वास व्यक्त गरे ।

न्यायाधीशहरु सपना मल्ल प्रधान, अनिल सिन्हालगायतका वरिष्ठ न्यायाधीशहरु समेत काममा फर्किनुपर्ने मतमा रहेकाले सोहीअनुसार निर्णय हुनसक्ने दावीसमेत गरिएको छ ।

टिप्पणीहरू