नैकापमा जुवाडेको बिगबिगी, १६ जनाबाट पौने ५ लाख बरामद

नैकापमा जुवाडेको बिगबिगी, १६ जनाबाट पौने ५ लाख बरामद

प्रहरीले काठमाडौंको चन्द्रागिरी १४ पुरानो नैकापमा १६ जना जुवाडेलार्ई हिजो एकै साथ पक्रेको छ । स्थानीय शंकर थापाको घरमा जुवा खेलेका उनीहरुलाई प्रहरीले राति ९ बजे समातेको हो ।

प्रहरीले जुवाको खालमा छापा मार्दा खालको दुई लाख ५९ हजार नौ सय ६५ रुँपैया र पक्राउ परेका १६ जनाको साथबाट एक लाख ८३ हजार तीन सय ४० रुपैयाँ गरी जम्मा चार लाख ४३ हजार तीन सय पाँच रुपैँया बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा चन्द्रागिरी नगरपालिका १३ पुरानो नैकापका ५२ वर्षका पुष्कर थापा, ४६ वर्षीय पूर्णबहादुर बस्नेत, ४१ वर्षीय सुदर्शन बिडारी, ४६ वर्षे लव कार्की, ४४ वर्षका सुदामा के.सी., ३१ वर्षे विजय बुढाथोकी र ५० वर्षका रवीन्द्र थापा हुन् ।

त्यसैगरी ४३ वर्षे राजन खत्री, ३६ वर्षीय विश्वासजंग कार्की, ४० वर्षे सञ्जु थापा, ३८ वर्षका निरञ्जन शाह ठकुरी, ४१ शंकर थापा, ४४ वर्षीय अष्टमान महर्जन, ३७ वर्षका निरञ्जन के.सी.,४७ वर्षे गणेश रसाइली र ३६ वर्षे कुमारबहादुर मगर पनि जुवाको खालबाट पक्राउ परेका हुन् ।

टिप्पणीहरू