सोमबारदेखि अमेरिका छिर्नेलाई नयाँ नियम

सोमबारदेखि अमेरिका छिर्नेलाई नयाँ नियम

संयुक्त राज्य अमेरिकाले नोभेम्बर ७ तारिखदेखि अमेरिका छिर्ने विदेशी नागरिकलाई स्वास्थ्यसम्बन्धी नयाँ नियम र मापदण्ड तोकेको छ । त्यस दिनदेखि हवाई यात्राबाट अमेरिका छिर्ने विदेशीले कोभिड १९ विरुद्धको दुई वटा खोप अनिवार्य रुपमा लगाएको प्रमाणपत्र पेश गर्नुपर्ने छ । त्यसैगरी कोभिड १९ परीक्षणमा ७२ घण्टाभित्रको नेगेटिभ रिपोर्टसमेत बुझाउनुपर्नेछ ।

यसअघि विश्वका अन्य मुलुकले त्यस्तो व्यवस्था लागु गरे पनि अमेरिकाले अनिवार्य गरेको थिएन । युरोप र अष्ट्रेलियाको तुलनामा अमेरिकाले कोरोना महामारीमा समेत अध्यागमनलाई यथावत राखेको थियो ।

उसको सूचनामा भनिएको छ, ‘केही अपवादका विदेशीलाई भने त्यस्तो नियममा छुट छ ।’

टिप्पणीहरू