यस पटकको भाइटीका सडकमा

यस पटकको भाइटीका सडकमा

दिदीबहिनी नभएका दाजुभाइ र दाजुभाइ नभएका दिदीबहिनीहरूका लागि जय महांकाल युवा समूहले यो वर्ष ‘सडकमा भाइटीका कार्यक्रम’ ल्याएको छ ।

लामो समयदेखि विपन्न, अनाथ र कोरोना महामारीबाट आयस्रोत गुमाएकाहरुलाई सडकमा खाना खुवाउँदै आएको उक्त समूहले सडकमै भाइटीकाको कार्यक्रम राखेको हो ।

भोलि शनिबार बिहान साढे १० बजेदेखि सडकमा भाइटीका कार्यक्रम शुरु हुने बताइएको छ । नयाँ बसपार्क नजिकैको बिजी मल अघिल्तिरको खालि ठाउँमा हुने कार्यक्रममा इच्छुक सबैलाई उपस्थित हुन समूहले आह्वान गरेको छ ।

समूहले भनेको छ, ‘आउनुहोस् सडकमा भाइटीका मनाऔं, हामी कोही पनि दिदीबहिनी र दाजुभाइविहीन छैनौं भन्ने सन्देश दिऔं ।’

टिप्पणीहरू