चीनबाट सेनालाई २ दिनपछि ३ लाख खोप आउँदै,आज १६ लाख

चीनबाट सेनालाई २ दिनपछि ३ लाख खोप आउँदै,आज १६ लाख

चीनले नेपाललाई अनुदानस्वरुप थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री बिरोध खतिवडालाई चिनियाँ राजदूत हौउ यान्छीले उक्त खोप हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा खतिवडाले चीन सरकारले चालू आर्थिक वर्षभित्र सबै नेपालीलाई खोप लगाइने योजनालाई साकार पार्न सहयोग स्वरुप कोभिडविरुद्धको खोप उपलब्ध गराउँदै आएकोमा हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

राजदूत यान्छीले नेपाल सरकारको कोभिडविरुद्धको अभियानमा साथ दिन पाएकोमा चीन सरकार खुशी रहेको धारणा राख्नुभएको छ ।

चीनले नेपाललाई हालसम्म ३४ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ । यसैबीच दुई दिनपछि चिनियाँ सेनाले नेपाली सेनालाई तीन लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

नेपालले हालसम्म चीनबाट खरिद प्रक्रियामार्फत् १ करोड डोज कोभिडविरुद्धको खोप ल्याइसकेको छ ।

टिप्पणीहरू