महाराजगञ्जमा प्रहरीको भव्य कुकुरपूजा, उत्कृष्ट कुकुर पुरस्कृत

महाराजगञ्जमा प्रहरीको भव्य कुकुरपूजा, उत्कृष्ट कुकुर पुरस्कृत

प्रहरी प्रधान कार्यालय केनाइन महाशाखा महाराजगञ्जमा आज कुकुर पूजा गरिएको छ । यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा सबै कुकुरको पूजाआजा गरेर महाशाखाले कुकुर तिहार धुमधामसँग मनाएको हो ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरूङले महाशाखामा रहेका विभिन्न जातका सबै कुकुरको पूजा गरेकी हुन् । अपराध अनुसन्धान तथा खोज कार्यमा यो वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर ‘जम्बो’, बाधापार र हाईजम्पतर्फ प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रिया’, रनिङतर्फको ‘कालु’ लाई पुरस्कारसमेत दिइएको छ ।

त्यसैगरी उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुले समेत पुरस्कार पाएका छन् । नेपाल प्रहरीको अनुसन्धानलाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ ।

टिप्पणीहरू