संक्रमितदर घट्दा मृतकको संख्या बढ्यो, आज ११ जना बिते

संक्रमितदर घट्दा मृतकको संख्या बढ्यो, आज ११ जना बिते

आज मुलुकभर ४ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणको कारण आज थप ११ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १ सय १५ जनामा पीसीआर तथा ३ हजार १ सय ७२ जनामा एन्टिजेन गरी १० हजार २ सय ८७ जनामा परीक्षण गरिँदा उक्त संख्या पुष्टि भएको हो ।

मुलुकभर अझै ९ हजार १ सय ७४ सक्रिय संक्रमित छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय २७ पुगेको छ । आज मुलुकभर कोरोनाबाट निको हुनेको दर ९७ दशमलब ४ प्रतिशत देखिएको छ ।

टिप्पणीहरू