मिर्गौला रोगीलाई युएईमा रहेका नेपालीको सहयोग

मिर्गौला रोगीलाई युएईमा रहेका नेपालीको सहयोग

युएईमा छँदा मिर्गाैलारोगबाट पीडित रतुवामाई नगरपालिका–९, इटहरा मोरङका देवेन्द्रप्रसाद बास्तोलालाई त्यहाँका शुभेच्छुकहरुले आर्थिक सहयोग गरेका छन् । युएईमा लामो समय रोजगारी गरेका बास्तोला मिर्गौलारोगबाट पीडित भएपछि अहिले बिराटनगरको एउटा अस्पतालमा उपचाररत छन् ।

सामाजिक अभियन्ता सुमन पराजुली संयोजक रहेको समितिले बास्तोलाको उपचारमा सहयोग पु¥याउन आर्थिक सहयोग संकलन अभियान चलाएको बताइएको छ । अभियानअन्तर्गत समितिले २ लाख ७९ हजार २ सय ४४ रुपैयाँ संकलन गरेर पठाएको छ ।

अभियानको सहसंयोजकमा राम थापा, कोषाध्यक्ष विवेक थापा र सदस्यमा माधव बास्तोता र देवेन्द्र कटवाल छन् । पीडित बास्तोलाको मिर्गौला प्रत्यारोपणमा सहयोग पुर्याउन ६४ जना मनकारी दाताहरुको सहयोगमा उक्त रकम संकलन भएको संयोजक पराजुलीले जानकारी दिएका छन् ।

टिप्पणीहरू