इजलास बहिष्कार गर्ने न्यायाधीशको संख्या थपियो, दुई जना बिदामा

इजलास बहिष्कार गर्ने न्यायाधीशको संख्या थपियो, दुई जना बिदामा

सर्वोच्चमा इजलास बहिष्कार गर्ने न्यायाधीशहरुको संख्या थपिएको छ । यसअघि १५ जना न्यायाधीशले इजलास बहिष्कार गर्दै आउनुभएकोमा आजबाट दुई जना थपिनुभएको हो ।

स्वर्गद्धारी भ्रमणबाट फर्किनुभएका न्यायाधीशद्धय सपना मल्ल प्रधान र अनिलकुमार सिन्हासमेत थपिएर इजलास बहिष्कार गरेपछि प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा उभिने न्यायमूर्तिहरुको संख्या १७ पुगेको छ ।

यसबीचमा न्यायाधीश ईश्वर खतिवडा भने अमेरिका भ्रमणमा हुनुहुन्छ । मल्ल र सिन्ह्वा भने परिवारसहित खप्तड सयरमा जानुभएको हो । उहाँहरु आज राजधानी आइपुगेपछि अदालतमा हाजिर हुनुभएको छ । अर्का न्यायाधीश तेजबहादुर केसी पनि बिदामा बस्नुभएको छ ।

यसैबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि आफूसहितको १२ वटा इजलास तोक्नुभएको छ । न्यायाधीशहरुका लागि सात वटा संयुक्त इजलासमा पेसी तोकिएको छ । प्रधानन्यायाधीश राणाले दुई वटा पूर्ण इजलाससमेत तोक्नुभएको छ, तर इजलास बस्न सकेको छैन ।

टिप्पणीहरू